Logo
Logo

स्थानीय निर्वाचनमा गठबन्धन सफल भयो : डा महत


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन सफल भएको बताएका छन् ।

अन्तराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसिया क्षेत्रबाट कार्यकारी सदस्यमा निर्वाचित भएका नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देललाई आज प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गर्दै उनले आगामी मङ्सिरमा हुने आमनिर्वाचनमा पनि गठनबन्धन कायम हुने र कांग्रेसबाट तलमाथि नहुने बताए ।

प्रवक्ता डा महतले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्न आइएफजे महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताउँदै प्रेस युनियनका अध्यक्ष नै यसमा निर्वाचित भएपछि प्रेस स्वतन्त्रताका लागि नेपालले पनि यसको सदुपयोग गर्न पाउने उल्लेख गरे ।

उनले प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएको र आगामी साउन ६ र ७ गते तोकिएको युनियनको महाधिवेशन सम्पन्न गर्न सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्