Logo
Logo

उपसभामुख पद खारेज गर्न कांग्रेसको माग


1.3k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग राखेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।

उनले भने, ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु ।’ १२ माघ २०७६ देखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदासमेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन रहेका बेला सांसद सिंहले आवश्यक नभए उपसभामुख खारेज गर्न उपयुक्त हुने आफ्नो धारणा राखेका हुन् ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्