Logo
Logo

डिशहोमका ग्राहकले जिते एक लाख


378
Shares

काठमाडौं । डिशहोमले ल्याएको १ वर्षमा २४ महिना योजनाअनुसार एक ग्राहकले एक लाख रुपैयाँ जितेका छन् ।

कम्पनीका अनुसार क्यास आईडी २५६४०३३७७५ भएका ग्राहकले नगद एक लाख जितेको डिशहोमले जनाएको छ ।

कम्पनीका अनुसार १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन् ।

साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्