
काठमाडौं । महोत्तरीको जलेश्वर–३ खैरा गाउँमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय किशोर सदाका ६ वर्षीया छोरी आँचल सदा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । बालिका बुधबार साँझ पाखेरीमा डुबेकी थिइन् ।
शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ ।











