काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर-४ मा दोस्रो संविधानसभा चुनावमा उनले बागी उम्मेदवारी दिएका थिए ।

बागी उम्मेदवार बनेपछि २ कात्तिक २०७० सालमा पार्टीले उनको क्रियाशील सदस्यता समेत खोसेको थियो । कारबाहीमा परे पनि उनी पार्टीभित्रै अन्तरसंघर्ष गरेर राजनीति गरिरहेका थिए । १२औँ महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०६७-२०६९ सालमा उनी चितवन कांग्रेसको नेतृत्वमा थिए ।
कांग्रेसलाई पुरानै शैलीको गुटबन्दीबाट होइन, नयाँ सोच, नयाँ पुस्ता र रूपान्तरणको बाटोबाट अघि बढाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उनले बताए ।













