Logo
Logo

जग्गा बेचेकाे ५० लाख आविष्कार केन्द्रलाई


1.2k
Shares

काठमाडौं । लमजुङका रमाकान्त अधिकारीले राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

हाल अमेरिका बस्दै आएका अधिकारीले नेपालमा रहेको जग्गा बेचेर प्राप्त भएको रकम केन्द्रलाई दिएका हुन् ।

अधिकारीले कीर्तिपुरस्थित आविष्कार केन्द्र पुगेर संस्थापक महाविर पुनलाई रकम हस्तान्तरण गरेका हुन् ।

उनले केन्द्रमा भइरहेको कामकोसमेत अवलोकन गरेको पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्