Logo
Logo

अमेरिकी उच्च सैनिक अधिकारी नेपाल आउँदै


63
Shares


काठमाडौ । अमेरिकी सेनाका एसिया –प्रसान्त क्षेत्र प्रमुख जनरल चाल्स ए फ्लिन नेपाल आउँदै छन् । उनी अमेरिकी सेनाको एयर फोर्सबाट काठमाडौं आउन लागेका हुन् ।

फ्लिनले केही दिनअघि भारतीय सेनाध्यक्ष मनोज पाण्डेसँग भेट गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला सेनाका उच्च अधिकारी आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति शर्मासँग द्विपक्षीय हितका बारेमा छलफल गर्नेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्