काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता बारेमा प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा अर्थ व्यवस्थाबारे छलफलमा सहभागी हुँदै नेता रावले एमसीसी सम्झौता पारित गर्दा १२ बुँदे व्याख्यात्मक टिप्पणी गर्दै त्यो सम्झौताको अंग भएको बताइएकाले त्यसको जवाफ अमेरिकाले दिए वा दिएनन् ? भन्ने प्रश्न गरे ।

नेता रावलले भने, ‘एमसीसी सम्झौता गर्दा हामी १२ बुँदे ब्याख्यात्मक टिप्पणी गरेका छौँ भनेर घोषणा गरिएको थियो । तर, त्यो अंग भएको सम्झौताकाे पत्र खै ? जनताप्रति उत्तरदायी व्यवस्था हो कि होइन । जनतालाई जानकारी गराउनु पर्छ कि पर्दैन । यति अनुत्तरुदायी बन्ने ?’ सरकार जनताप्रति अनुत्तरदायी बनेको भन्दै उनले क्रोश पोखे ।
उनले देशको अर्थतन्त्रको अवस्थाको विषय उठाउँदै व्यापार घाटा तिव्र भइरहेको बताए । एमसीसी सम्झौता अर्थतन्त्रसँग जोडिएको उक्त प्रशंग आफूले उठाएको नेता रावलको भनाइ छ ।











