काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लाएन काठमाडौं आइपुगेका छन् । उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै चार दिने भ्रमणको लागि नेपाल आइपुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र प्रधानसेनापति शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व उनी नेपाल भ्रमणमा आएका हुन् । फ्लाएनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गर्नेछन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइसकेको छैन ।











