Logo
Logo

गिरिराजमणिको प्रश्न- नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ?


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामकाे सम्झौता हुन लागेको भन्दै प्रश्न उठाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथि छलफलमा बोल्दै सांसद पोखरेलले सरकारलाई प्रश्न गर्दै भने, ‘नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ?’ उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ ।

अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्स ए फ्लिन चार दिने नेपाल भ्रमणमा आजै (बिहीबार) आउँदैछन् । ए फ्लिन भारतीय सेनाका अधिकारीहरुसँग छलफलपछि नेपाल आउन लागेको भन्दै उनले आशंका व्यक्त गरेका छन् ।

इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले समेत नेपाल भ्रमण गर्ने तय भएको, नेपाली सेनाका सेनापतिले अमेरिका भ्रमण र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तय भएको आफूलाई सूचना प्राप्त भएको बताउँदै पोखरेलले भ्रमणहरुको उद्देश्य र एजेण्डाबारे जानकारी माग गरे ।

उनले भने, ‘अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्दैन ? अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु ।’

स्टेट पार्टनरसिप प्रोग्रामको माध्यमबाट अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाललाई विस्तारै सामेल गराउने विज्ञहरुले उठाइराखेको भन्दै उनले यसबारे सदनलाई स्पष्ट पार्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्