काठमाडौं । क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

मोरङ विराटनगर–२० घर भई काठमाडौं– १० बस्ने ३६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो । उनले एक पीडितलाई वैदेशिक रोजगारको लागि क्रोएशिया पठाइदिन्छु भनेका थिए ।
जसका लागि उनले दुई लाख रुपैयाँ लिएका थिए। तर त्यसपछि उनी सम्पर्कबिहीन भएका थिए । सम्पर्कबिहीन भएपछि पीडित वैदेशिक रोजगार विभाग पुगेका थिए । विभागले पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दाहाललाई प्रहरीले विभागमा बुझाएको छ ।











