
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा सर्वपक्षीय छलफल छलफल जारी छ ।
सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा शुरु भएको छलफलमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा, काठमाडौं महानगरसहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बञ्चरेडाँडाका स्थानीय सहभागी छन् ।
अहिले स्थानीयले आफ्ना समस्या राखिरहेका छन् । उनीहरूले दिगो समाधान खोज्न आग्रह गरेका छन् । गएराति नै महानगर र स्थानीयबीच १८ बुँदे सहमति भएको भनिएपनि फेरी छलफल सुरु भएको हो ।














