Logo
Logo

प्रतिनिधि सभाको बैठक बस्दै


441
Shares

फाइल फोटो ।

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरू हुनेछ ।

आजको बैठकमा विनियोजन विधेयक २०७९ का परराष्ट्र मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको बारेमा छलफल हुनेछ । यस्तै, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक पनि आजै बस्दैछ ।

उक्त बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ माथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्