Logo
Logo

सांसद रेणु गुरुङको गुनासो- प्रहरीले सलाम गरेन, शौचालयमा भुइँभरि पानी छ


321k
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न समस्याका विषय उठान गर्दै आएका छन् । यस्तै, सांसद रेणुका गुरुङले पनि समस्या राखेकी छन् ।

समस्या राख्नेक्रममा उनले आफलाई प्रहरीले सलाम नगरे गुनासो गरिन् । उनले भनिन्, ‘माननीय भनेको सबैले मान्ने भन्ने व्यक्ति बुझिन्छ । सुरक्षाकर्मी कसैले अभिवादन गरेको छ, कसैले गरेको छैन । लापरबाही गरेको छ ।’

उनले अरु समस्या पनि राखेकी छन् । उनले भनिन्, ‘सांसद सजीव प्राणी हो, भोक र तिर्खा लाग्छ । क्यान्टिन गयो खाजा ल्याउन ढिलाइ हुन्छ । पानी खान गयो कहिले पानी हुँदैन, कहिले गिलास हुँदैन । कहिले तातोपानी हुँदैन । लापरबाही छ ।’

शौचालय पनि सफा नरहेको उनको भनाइ छ । उनले भनिन्, ‘शौचालयमा भुइँभरि पानी छ ।’ संसद भवन सांसदहरुको कार्यालय भएकाले जताततै घुम्न पाउनुपर्ने उनले माग छ ।

प्रतिक्रिया दिनुहोस्