Logo
Logo

स्वास्थ्य र शिक्षा सेवाकै रुपमा हुनपर्छ : मेयर बालेन


630
Shares

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार निरिक्षण गर्दै मेयर बालेन्द्र साह ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्वास्थ्य र शिक्षाकाे व्यापार गर्न नहुने बताएका छन् । क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरिक्षण गर्दै उनले आधारभूत स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा जनताको घरदैलोमा लैजानुपर्ने बताए ।

सो क्रममा उनले २०१३ सालमा स्थापीत क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन अवलोकन तथा सेवा प्रवाहको अनुगमनसमेत गरेका छन् । मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रियासमेत गरे । अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरे ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न मेयर साहले निर्देशन दिए । अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै बिरामी उपचार नपाई फर्कनु नपरेको बताए ।

उनले हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य र सरसफाईमा महानगरले उच्च चासो दिएको बताउँदै नयाँ–नयाँ योजना तथा सल्लाह सुझाव लिएर आउनेसँग सहकार्य गर्ने मेयर साहको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्