Logo
Logo

नाली सफाइपछि पोखरामा सडकको खाल्डा पुर्ने अभियान


315
Shares

काठमाडौं । पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न थालेको छ ।

नवनिर्वाचित जनप्रतिनिधिले ढल र नाला सफाइसँगै खाल्डाखुल्डी पुर्न अग्रसरता लिएका हुन् । शनिबारदेखि सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।

यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । ३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको हो । सडकका छाडा चौपायालाई कान्जी हाउस पुर्याउन थालिएको छ ।

‘खाल्डा परेको जानकारी महानगरलाई आउनुपर्छ । त्यसको ३ दिनभित्र पुरिसक्छौं,’ महासाखा प्रमुख भने । पहिलो दिन पोखरा–५ का विभिन्न सडकको खाल्डा पुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्