Logo
Logo

सिन्धुपाल्चोक जिससमा कांग्रेस-एकीकृत समाजवादी गठबन्धन विजयी


10.1k
Shares

सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी गठबन्धन विजयी भएको छ ।

जिसस प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र एकीकृत समाजवादीका पदमथान नेपाली निर्वाचित भएका हुन् । दुवै जना १३ मतसहित विजयी भए ।

एमाले–माओवादी गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेका माओवादीका गणेश विकले जम्मा १० मत पाए । यस्तै एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेका जेपी सिलवालले ११ मत मात्रै पाए ।

एमाले र माओवादीले गठबन्धन गरेपछि एक मत रहेको समाजवादीले कांग्रेसँग गठबन्धन गरेको थियो । कांग्रेसको १२ मत थियो भने, समाजवादीको एक मत मात्रै थियो । कांग्रेससँग समाजवादीले उपप्रमुखसहित एक सदस्य मागेको थियो।

प्रतिक्रिया दिनुहोस्