Logo
Logo

‘ढंग नपुग्दा दुईतिहाइ ढल्यो, ढंग पुग्दा १० सिटेले मुख्यमन्त्री पड्कायो’


90.1k
Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तत्कालीन नेतृत्वले ढंग पुर्याउन नसकेकोले दुईतिहाइ बहुमतको सरकार ढलेर आफ्नो नेतृत्वमा सरकार गठन भएको बताएका छन् ।

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमालेका सांसदहरुले गरेका टिप्पणीको जवाफ दिँदै मुख्यमन्त्री राईले भने– ‘सरकार बनाउन र चलाउन पनि ढंग चाहिने रहेछ । तपाईंहरुले ढंग पुर्याउन नसक्दा दुईतिहाइको सरकार ढल्यो र ढंग पुर्याउँदा म जस्तो १० सिटे मुख्यमन्त्री भएको नविर्सन आग्रह गर्दछु ।’

सरकार गठनको प्रक्रियालाई लिएर एमाले सांसदहरुले बारम्बार घोचपेच गरेको गुनासो गर्दै मुख्यमन्त्री राईले ‘४७ वटै पार्टीको एक–एक जना संसद मिलेर पनि सरकार बन्ने संवैधानिक व्यवस्था अध्ययन गर्न सुझाव दिए । पाको र धेरै समय राजनीति गरेकाहरुले सरकार गठन प्रक्रियाबाट शिक्षा लिनुपर्ने उनको भनाइ रहेको छ ।

पूर्वमुख्यमन्त्री शेरधन राईप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले चार वर्षसम्म सरकारमा बसुन्जेल केही नगर्ने र नयाँ आएको सरकारलाई अनावश्यक आरोप लगाएको मुख्यमन्त्री राईले गुनासो गरे ।

‘आफू चार वर्ष सरकारमा बस्दा केहि गर्न नसक्ने अनि अहिले गर्नुपर्ने कामको सुची पेश गर्नुको औचित्य हुन्न’ उनले भने, ‘कम्तीमा संसदमा आफ्नो पदको मर्यादा र गरिमा सबैले राखौं ।’

प्रतिक्रिया दिनुहोस्