Logo
Logo

मोहन्यालका अध्यक्ष भ्रष्टाचार अरोपमा निलम्बित, जिसस निर्वाचनमा सहभागी हुन नपाउने


1.9k
Shares

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय अध्यक्ष पदबाट निलम्बित भएका छन् ।

आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै उपाध्ययन पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिनु भनेको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ आयोगले लेखेको पत्रमा उल्लेख छ ।

निलम्बनमा परेसँगै उपाध्यय सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान नपाउने भएका छन् । आयोगले जेठ २४ गते नै उपाध्यायलाई निलम्बनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्