
काठमाडौं । महिलालाई दुर्व्यवहार गरेको विषयमा शनिबार झडप हुँदा भक्तपुरको मध्यपुरथिमिमा १ जनाको ज्यान गएको छ ।
मध्यपुर थिमी–८ का ५१ वर्षीय कल्याण साहुको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको टाउको र शरीरमा गम्भीर चोट थियो । शरीर रगतमा डुबेको थियो ।
शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ । ‘महिलाविरुद्ध भएको दुर्व्यवहारलाई लिएर दुई पक्षबीच विवाद भएको खुलेको छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले भने, ‘यही क्रममा साहुको मृत्यु भएको देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ ।’
प्रहरीले घटनामा संलग्न भएको अभियोगमा १ महिलासहित ४ जनालाई पक्राउ गरेको छ । सबैचारैजनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।














