Logo
Logo

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम सम्पन्न


945
Shares

बैंक अफ काठमाण्डू लिमिटेडको बागमती प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थिए ।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदरसहित विशेषताहरु समावेश गरी ग्राहकको फाईदालाई ध्यानमा राखी योजना सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकको बागमती प्रदेश अन्र्तगतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोगवुं, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साखुं, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर शाखाहरुले कार्यक्रम संचालन गरेका थिए ।
त्यसैगरी, चावहिल, महाराजगंज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथ लगायत शाखाबाट नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्