
काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मल ल्याउन थालेको छ ।
अहिले १७ हजार मेट्रिक टन डिएपी मल डिपो तथा बिक्री कक्षमार्फत धमाधम वितरण भइराखेको जनाएको छ । यस्तै २२ हजार मेट्रिक टन युरिया मल असार पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाका अनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्ने छ ।
रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने उनले बताए । कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो ।












