Logo
Logo

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो साकोस गोष्ठी


693
Shares

कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को को संयुक्त आयोजनामा भएको चौँथो साकोस शिखर गोष्ठी १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । ‘दीगो एवम् एकीकृत सञ्जालका लागि नविनतम् साझा प्रविधि’ भन्ने मूल भावका साथ आयोजना गरिएको सकोस शिखर गोष्ठी सम्पन्न भएको हो ।

चौँथो साकोस शिखर गोष्ठीमा विभिन्न विषयविज्ञहरुबाट प्रस्तुत विषयहरुमा भएको गहन छलफलको निश्कर्ष स्वरुप नविनतम प्रविधिको अनुकरण गर्दै नेपालको साकोस अभियानलाई दीगो एवम् सञ्जालिकृत र गुणात्मक बनाउनमा महत्वपूर्ण योगदान पुग्ने कुरामा विश्वस्त भई हामी सहभागी अभियन्ताहरु साकोसमार्पmत मर्यादित श्रम सिर्जना, गरीवी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवम् आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र जारी गरिएको छ ।

घोषणापत्रमा गरिबीको रेखामुनी रहेका लक्षित वर्गलाई वित्तीय पहुँच पुर्याउन वित्तीय साक्षरता मार्फत सामाजिक समावेशीकरण सहित वित्तीय मुलप्रवाहिकरणको लागि केन्द्रीय संघ मार्फत विकास गरिएका नीतिगत व्यवस्थाहरुको कार्यान्वयन गर्न प्रतिबद्ध गरिएको छ ।

त्यस्तै सहकारी अभियानको दुईतिहाई वित्तीय स्रोत परिचालन र ५० प्रतिशत भन्दा बढी सदस्यको प्रतिनिधित्व गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुको प्रबद्र्धन, विकास, अनुगमन र स्वनियमन प्रणालीलाई प्रभावकारी बनाई समुदायको वित्तीय कारोबारलाई स्वस्थ, मर्यादित एवम् प्रभावकारीरुपमा व्यवस्थित बनाउन वित्तीय सहकारी ऐन जारी गराउन केन्द्रीय संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता सहित योगदान गर्न घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै घोषणापत्रमा स्थानीय तह, प्रदेश र संघमा कानुनी संहितालाई व्यवस्थित र साकोसमैत्री बनाउन संघको अगुवाई र पहलमा भूमिका निर्वाह गर्ने, सहकारी ऐन २०७४ ले व्यवस्था गरेको स्थिरीकरण कोषलाई कानुनी रुपमा अभियानको जोखिम बहन गर्न सक्ने तहमा पुर्‍याउन पहल गर्ने उल्लेख गरिएको छ ।

सहकारीको जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितताका प्रोवेसन, एक्सेस कार्यक्रम विस्तार गर्ने, वित्तीय क्षेत्रमा नविनतम प्रविधिहरुको विकास एवं उपलब्ध प्रविधिहरुको अबलम्बन गर्दै उच्चस्तरको प्रतिष्पर्धी र भरपर्दो विधुतिय वित्तीय सेवा प्रदान गर्ने घोषणापत्रमा उल्लेख छ।

यस्तो छ १२ बुँदे घोषणापत्र

१. यसपूर्वका साकोस शिखर गोष्ठीबाट पारित साझा प्रतिबद्धताका उपलब्धीहरुको स्वामित्व ग्रहण गर्दै हालसम्म कार्यान्वयनमा आइसकेका प्रतिबद्धताको निरन्तरता सहित बाँकी संकल्पहरुको समेत यथाशिघ्र कार्यान्वयनको लागि आ–आफ्नो स्थानबाट स्पष्ट योजना सहित क्रियाशिलतापूर्वक भूमिका निर्वाह गर्ने छौं ।

२.गरिबीको रेखामुनी रहेका लक्षित वर्गलाई वित्तीय पहुँच पु¥याउन वित्तीय साक्षरता मार्फत सामाजिक समावेशीकरण सहित वित्तीय मुलप्रवाहिकरणको लागि केन्द्रीय संघ मार्फत विकास गरिएका नीतिगत व्यवस्थाहरुको कार्यान्वयन गर्न प्रतिबद्ध छौं ।

३. समग्र सहकारी अभियानको दुईतिहाई वित्तीय स्रोत परिचालन र ५० प्रतिशत भन्दा बढी सदस्यको प्रतिनिधित्व गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुको प्रबद्र्धन, विकास, अनुगमन र स्वनियमन प्रणालीलाई प्रभावकारी बनाई समुदायको वित्तीय कारोबारलाई स्वस्थ, मर्यादित एवम् प्रभावकारीरुपमा व्यवस्थित बनाउन वित्तीय सहकारी ऐन जारी गराउन केन्द्रीय संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता सहित योगदान गर्न प्रतिबद्ध छौं ।

४.आफूले प्रतिनिधित्व गरेको संस्थामार्फत एकीकृत सूचना प्रणालीमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न प्रतिबद्ध छौं ।

५. सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबद्र्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न प्रतिबद्ध छौं ।

६. सदस्यहरुको बचतको सुरक्षाका साथै सम्पूर्ण संस्थागत सुरक्षा र विकासको लागि कानुनबमोजिम खडा भएको स्थिरीकरण कोष मार्फत नियमित अनुगमनको व्यवस्थाको लागि कोषमा आबद्ध भई कोषको क्षमता विकासमा तोकिएबमोजिम योगदान गर्दै प्रभावकारी सञ्चालनमा कानुनी संरचना परिवर्तनको लागि सामुहिक पैरवी गर्न प्रतिवद्ध छौं ।

७. साकोस सञ्जालमा एकरुपता कायम गरी साकोस अभियानमा विद्यमान जोखिम न्यूनीकरण एवम् प्रभावकारी सम्बोधनको लागि संस्था मार्फत प्रवाह गरिने वित्तीय एवम् गैरवित्तीय सेवालाई चुस्त, दुरुस्त एवम् प्रभावकारी बनाउन नविनतम प्रविधिको प्रयोग गर्न र विद्यमान दस्तावेजहरुको डिजिटाईजेशन गरी सुरक्षित अभिलेख व्यवस्थापन गर्न प्रतिबद्ध छौं ।
८. संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न प्रतिबद्ध छौं ।

९. साकोसमा विद्यमान जोखिमको पहिचान, मापन एवम् न्यूनीकरणका साथै संस्थाको गुणस्तर सुनिश्चितताको लागि केन्द्रीय संघले विकास तथा सञ्चालन गरेको नियमित अनुगमनको कार्यक्रममा सहभागी हुनेछौं ।

१०. साकोसमा संकलित वित्तीय स्रोतहरुलाई सदस्य मार्फत उत्पादनमुलक कार्यमा परिचालनलाई बढावा दिई समुदायमा गरिबी न्यूनीकरणको लागि सदस्यहरुलाई वित्तीय एवम् प्राविधिक स्रोतमा पहुँच स्थापित गर्नुका साथै सदस्यहरुमार्फत कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिंदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रतिबद्ध छौं ।

११. सहकारीको कर्म, मर्यादित श्रम भन्ने सोचका साथ जोखिमपूर्ण पेशामा संलग्न सदस्यहरु एवम् संस्थामा कार्यरत कर्मचारीहरुको पेशागत हितको संरक्षण र पेशागत सुरक्षा सहित कानुनबमोजिमका न्यूनतम सुविधाहरुको सुनिश्चित गरी आत्मसम्मानयुक्त जीवन यापनको वातावरण निर्माण तथा पारिश्रमिक भुक्तानी गर्न प्रतिबद्ध छौं ।

१२. सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन अनुसार रु.१० करोड भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले नयब्ःी सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन प्रतिबद्ध छौं ।

प्रतिक्रिया दिनुहोस्