Logo
Logo

अमेरिकी दूतावासले भन्यो- नेपाल र अमेरिकाबीच सैन्य सम्झैता भएको छैन


882
Shares

काठमाडौं । अमेरिकाको नेपालस्थित दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झैता नभएको स्पष्ट पारेको छ । अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केही सञ्चारमाध्यममा नेपाल र अमेरिकाबीच सैन्य सम्झैता भएको समाचार आएको भन्दै उक्त समाचार असत्य भएको बताएको हो ।

त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको छ । यो कार्यक्रमका लागि कुनै देशबाट माग भएमा भने सम्बोधन गर्ने गरेको दूतावासको भनाइ छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो भनेको छ, ‘स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’

आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहेको भन्दै दूतावासले भनेको छ, ‘यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो ।’

प्रतिक्रिया दिनुहोस्