Logo
Logo

कांग्रेस महाधिवेशन स्थलमा तालिम प्राप्त कुकुर परिचालन


0
Shares

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

खुलामञ्चमा आज दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू आउनेक्रम जारी रहेको छ ।  विभिन्न दलका शीर्ष नेता तथा विभिन्न देशका प्रतिनिधि पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदै छन् ।

महाधिवेशनमा आउनेहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । प्रतिनिधिबसेका होटल, शीर्ष तहका नेताहरूको आउजाउ हुने स्थानहरूमा विशेष सुरक्षा योजना लागू गरिएको छ । महाधिवेशन स्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्