
काठमाडौँ । आजदेखि सातामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय खारेज भएको छ ।
सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने भन्दै सरकारले जेठ १ गतेदेखि परीक्षणका लागि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
२ दिन विदा प्रभावकारी नभएको पाइएको थियो । त्यसपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।
सरकारले परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने तथा बिहान ९ः३० बजेदेखि साँझ ५ः३० सम्म कार्यालय समय लागू गरेको थियो ।
अब कार्यालय समय पनि बिहान १० बजे साँझ ५ बजेसम्म हुनेछ ।











