हेटौंडा । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ ।
बजेट सार्वजनिक गर्न आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

संविधानअनुसार अनुसार, प्रदेश सरकारले असार १ गते वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । यसअअघि नै प्रदेस सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
बागमती प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । गत वर्षभन्दा १० अर्ब बढाएर आवको बजेट ल्याउन लागेको हो । चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजवाद उन्मुख कार्यक्रम समेटर नयाँ बजेट गत वर्षको तुलनामा १० अर्बभन्दा बढी थपेर ल्याउने लागेको बताइएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सांसदलाई बजेट नबढाउने भएको छ । अघिल्लो आर्थिक वर्षमा सांसदको तजबिजीमा खर्च गर्ने गरी प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ विनियोजन गरिएको भएपनि आगामी आर्थिक वर्षमा त्यसतर्फ बजेट विनियोजन नगर्ने भएको छ ।
प्रदेश सरकारले आगामी वर्षको बजेटमा नीति तथा योजना आयोगबाट सिफारिस भएको योजनालाई पनि समेट्ने जनाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जम्मरकट्टेल अनुसार आगामी आर्थिक वर्षको बजेटमा विशेषगरी कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।
साथै, प्रदेशसभाबाट उच्च शिक्षासम्बन्धी विद्येयक पारित भइसकेको अवस्थामा शिक्षा क्षेत्रको विकासका लागि प्राथमिकताका साथ आवश्यक बजेट दिने उनले बताएका छन् । विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने योजनाअनुसार सरकारले बजेटमा व्यवस्था गरेको जनाइएको छ ।












