
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखलाई आजदेखि प्रशिक्षण दिँदै छ ।
काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा हुने प्रशिक्षण भोलिसम्म चल्नेछ । कार्यक्रमको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्नेछन् ।
प्रशिक्षणमा सहभागि हुन देशभरका नवनिर्वाचित प्रमुख उपप्रमुख काठमाडाैंमा भेला भइसकेकाे एमालेले जनाएकाे छ ।
बिहान ११ बजे प्रशिक्षण सुरु केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनाए ।











