Logo
Logo

झापामा ट्याक्टरको ठक्करबाट युवकको मृत्यु


630
Shares

काठमाडाैं । झापामा ट्याक्टरको ठक्करबाट २० वर्षीय अख्तर अलीको मृत्यु भएको छ ।

झापा गाउँपालिका–३ कत्लामारीकोमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक अली गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ गइरहेको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको ट्याक्टरले बुधबार ठक्कर दिएको थियो ।

ट्याक्टर चालक फरार छन् । लाइसेन्स नभएकोले चालक फरार रहेको र खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्