
तनहुँ । मुग्लिनबाट पोखरा जाँदै गरेको ट्रिफर विहीबार तनहुँमा दुर्घटनामा परेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी जलविद्युत परियोजनाको पावर हाउसस्थित रूवाखोला पुलबाट मर्स्याङ्गदी नदीमा खस्दा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–६ का ४७ वर्षीय रामबहादुर दमै रहेको तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार ट्रिफर बिहान साढे ४ बजे रूवाखोला पुलबाट नदीमा खसेको थियो ।











