Logo
Logo

‘महिला कर्मचारी नपठाउनु’ भन्ने वडाध्यक्षले मागे माफी


2.5k
Shares

काठमाडौं । नगरपालिकालाई पत्र काटेरै महिला कर्मचारी नपठाउ भन्ने वडाध्यक्षले माफी मागेका छन् ।

खोटाङको हलेसी तुवाचुङ–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले माफी मागेका हुन् । उनले वडा कार्यालयको लेटरप्याडमा नगरपालिकालाई पत्र लेखेर महिला कर्मचारीबाट काम गर्न अप्ठ्यारो हुने भन्दै पुरुष कर्मचारी माग गरेका थिए ।

उनले प्रेस विज्ञप्ति जारी गरी लैङ्गिक विभेद गर्ने नियत नभए पनि भाषा प्रयोगमा भूल भएको बताएका छन् । साथै उनले महिलाप्रति आफ्नो वडाको साथ, सहयोग र उच्च सम्मान रहनेुमेत पुरीले बताएका छन् ।

वडाध्यक्ष पुरीले दुर्गम ठाउँमा रहेको नवलपुरमा साताको १ दिन वडा कार्यालयले सेवा दिंदै आएकाले त्यस ठाउँमा जान आउन अप्ठ्यारो होला कि भनेर पुरुष कर्मचारी माग गरिएको प्रष्टीकरण दिएका छन् ।

यसमा आफ्नो गलत नियत नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्