काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागि हुनको लागि पठाएको पत्र सार्वजनिक भएको छ ।
बुधबार मात्र नेपाली सेनाले एक विज्ञप्ति जारी एसपीपीमा सहभागी हुन पत्राचार नगरेको जिकिर गरेको थियो । तर सन् २०१५ को अक्टोवर २७ (२०७२ को कात्तिक १ बिहीबार तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालिन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको छ ।

सार्वजनिक पत्रअनुसार सन् २०१५ को अक्टोवर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदुत एलिना बी. टेप्लिजलाई सम्बोधन गर्दै नेपाली सेनाका लागि सहयोग गर्न अनुरोध गरेका छन् । उनले एसपीपीमा सहभागिताको लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उक्त पत्राचार भएको हो । ओली प्रधानमन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए ।












