Logo
Logo

पहिराले बगाउँदा ताप्लेजुङको खेवाङमा सासु–बुहारी बेपत्ता


1k
Shares

फाइल फोटो

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोले बगाउँदा २ जना बेपत्ता भएका छन् ।

वर्षासँगै राति साढे ८ बजे झरेको पहिरोले तुलसा अधिकारी र यशोदा अधिकारीलाई बगाएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए ।

तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु भने भागेर ज्यान जोगाउन सफल भएको लक्ष्मणले बताए । पहिराले उनीहरूको २ वटै घर बगाएको छ ।

नजिकै रहेका पशु चौपायासमेत पुरेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्