काठमाडौं । नेकपा एमालेका नेता एस्वं पुर्वरक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकालाई पत्र लेख्ने बेला सेनाले सरकारलाई कहिले सोध्यो ? भन्दै प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन् ।

शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता पोखरेलले अमेरिकालाई सेनालाई पत्र लेख्न रक्षा मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको भनिएकोमा प्रश्न गरेका हुन् ।
उनले प्रधानसेनापतिसँग प्रश्न गर्दै भने, ‘२०७२ भदौ २४ गते सेनाले पत्र लेखेको र असोज १३ गते रक्षाले सकारात्मक रूपमा लिएको भनिएको छ त्यसबेला को रक्षामन्त्री र प्रधानमन्त्री थिए ?’ क्रमिक रूपमा कसको के भुमिका थियो त्यो पनि बताउनुपर्ने उनको भनाइ थियो ।
नेपाली सेनाले विभिन्न देशका सेनासँग हरेक वर्ष सैन्य अभ्यास गर्दै आएको छ । तर, यसलाई कुनै सैन्य गठबन्धन अन्तरगत राखेर अभ्यास हुन लागेको हो कि भन्ने कुराले गम्भीर बनाएको उनको भनजाइ छ । उनले भने, ‘यदि यस्तो गठबन्धन हुने हो भने स्वीकार्य हुन्न ।’











