Logo
Logo

५-११ वर्षका बालबालिकालाई आसार ९ देखि कोरोनाविरुद्धको खोप


504
Shares

काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप आइतबार आइपुग्ने भएको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आउन लागेको ८४ लाख डोजमध्ये पहिलो चरणको खोप आउन लागेको हो । परिवार कल्याण महाशाखाका अनुसार सो उमेर समूहका ३९ लाख बालबालिकालाई असार ९ गतेदेखि खोप दिने कार्यक्रम छ । पहिलो चरणमा २७ र दोस्रो चरणमा बाँकी जिल्लाका बालबालिकालाई खोप दिइने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्