काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चढेको हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री चढेको हेलिकोप्टरमा इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा थिए ।
विमानस्थलमा अवतरण भएपछि २० मिनेट प्रधानमन्त्री देउवाले नेता(कार्यकर्तासँग भेट गरेका थिए । इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो ।











