Logo
Logo

नायब सुब्बाले चार वर्षमै कमाए ६ करोड २४ लाख


5k
Shares

काठमाडौं । प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख बढी कमाएको देखिएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा रहँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भण्डारीले २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्वस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिएभने २०७७ साउनमा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्ममा कमाएको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँको स्रोत खुलेको छैन ।

आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए । भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।

आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्