
काठमाडौं । सशस्त्र प्रहरीले अवैध तेलसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजबाट ट्रक नियन्त्रणमा लिएको हो । ट्रकबाट ५४ लाख ९६ हजार रुपैयाँ बराबरको अवैध रिफाइन पाल्मोनियम तेल बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
चालक भारत कानपुरका ३८ वर्षीय अवध बाबू र सहचालक २३ वर्षीय धिरज कुमार पनि पक्राउ परेका छन् ।
ट्रकसिहत उनीहरूलाई अनुसन्धानका लागि राजविराज भन्सार तिलाठी पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।











