बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले गठबन्धनको बाटोमा नरहेको बताएका छन् । उनले एमालेसँग गठबन्धन बनाउने र भत्काउने फुर्सद नभएको समेत बताए ।

शनिबार बुटवलमा रिटर्नी फेडेरेसन नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै पुर्वअर्थमन्त्री समेत रहेका उनले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेर कांग्रेससँग बार्गेनिङ गरिरहेको दावी गरे ।
एमालेले अहिलेका कुनैपनि दलका नेतालाई प्रधानमन्त्री स्वीकार नगरेको उनको भनाइ छ । पौडेलले भने, ‘एमालेले अहिलेका कुनैपनि दलका नेताहरूलाई प्रधानमन्त्री स्वीकार गर्दैन, कसैसँग गठबन्धन गरेर, अहिलेको गठबन्धन भत्काउने फुर्सद पनि छैन ।’
उनले नेकपाको दुईतिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने, उनीहरूसँग गठबन्धन हुने कुनैपनि गठबन्धन नहुने दोहोर्याउँदै उनले त्यस्तो भ्रमको पछाडी नलाग्न आग्रह गरे।
एमाले एक्लै निर्वाचनमा लड्दा पनि मतको हिसाबले पहिलो दल बनेको दावी गर्दै पौडेलले भने, ‘एमाले मतको हिसाबले अहिले पनि पहिलो दल हो, सिटको हिसाबले केहि पछाडी रहेपनि आगामी निर्वाचनमा सिट र मत दुबैमा एमाले पहिलो बन्छ ।’











