Logo
Logo

मौसमः दिउँसो घाम लाग्ने, राति पानी पर्ने


630
Shares

काठमाडौं । देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । रतभर परेकाे पानी बिहान भएसँगै रोकिएको हो ।

केही दिनदेखि रातमा पानी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको छ । अबको केही दिन रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि बिहान र दिउँसोको समयमा घाम लाग्ने र राति पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । केही दिनदेखि पानी परेको र राति पनि पर्ने भएकाले पहिरोको जोखिम रहेका ठाउँमा नबस्न र बस्नै परे चनाखो हुन मौसमविद्को सुझाव छ ।
आज मधेस,प्रदेश–१, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिममा पनि पानी पर्ने अनुमान गरिएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मनसुन सक्रिय छैन ।

प्रतिक्रिया दिनुहोस्