Logo
Logo

पर्यटनमन्त्री आलेद्धारा बडिकेदार पदमार्गको शिलान्यास


378
Shares

डोटी । पर्यटनमन्त्री प्रेमबहादुर आलेले डाेटीस्थित बडिकेदार पदमार्गकाे सिलान्यास गरेका छन्।

आइतबार पदमार्गकाे शिलान्यास गर्दै मन्त्री आलेले धर्म, कला र संस्कृतिको जगेर्ना गर्न सबै लाग्नुपर्ने औंल्याए ।

‘विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म–संस्कृति र कला लोप हुन दिनु हुँदैन,’ उनले भने । यसलाई नै हेर्न विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको उनको भनाइ छ । डोटीको दक्षिण भेगमा अवस्थित बडिकेदार जाने पदमार्ग निर्माणका लागि सरकारले ९ करोड रकम विनियोजन गरेको छ ।

बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिनेछ ।

बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्