
तनहुँ । लगातारको वर्षापछि आइतबार बिहान आएको बाढीले डुम्रे–बेशीसहर सडकखण्ड अवरुद्ध भएको छ ।
तनहुँको भानु नगरपालिका–८ कुडुलेफाँट नजिक खोलामा राखिएको ३ वटा ह्युमपाइप बगाएपछि सडक ठप्प भएको हो ।
ह्युमपाइप बगाएपछि सडकमा बीचबाट चिरिएर क्षति भएको छ ।
बिहानैदेखि यहाँ यायतयात आवतजावत गर्न सकेका छैनन् ।











