Logo
Logo

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गयो


- दृष्टि न्युज/संवाददाता


चितवन । पूर्वी चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट आज एक जनाको ज्यान गएको छ । घरबाट ज्याला मजदुरीका लागि सौराहा जाँदै गरेका रत्ननगर ७ बद्रेनीका ६२ वर्षीय कान्छा दराईलाई आज बिहान हात्तीले आक्रमण गरेको थियोे ।

हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए । बद्रेनी गाउँबाट सौराहा जाने बाटोमा चितवन रास्ट्रिय निकुञ्ज जोडिएको मध्यवर्ति सामुदायिक वन रहेको छ । सो जंगल भएर बद्रेनीका बासिन्दा सौराहा आउजाउ गर्दछन ।

प्रतिक्रिया दिनुहोस्