Logo
Logo

आमनिर्वाचनमा गठबन्धन कायम राख्न देउवा, प्रचण्ड र माधव सहमत


12.9k
Shares

काठमाडौं । पाँच दलीय गठबन्धनलाई आम निर्वाचनसम्म लैजान सत्तारुढ दलबीच सहमति भएको छ ।

आइतबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पाँच दलीय गठबन्धनलाई आमनिर्वाचनसम्म लैजाने सहमति भएको हो ।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको ‘सम्पदकहरुसँग अन्तरक्रिया’मा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आइतबारको छलफलमा आमनिर्वाचनसम्म गठबन्धनलाई लैजाने सहमति भएको जानकारी दिएका हुन् ।

अध्यक्ष नेपालले भने– ‘आज बसेको तीन नेताको बैठकले गठबन्धन जोगाउँदै चुनावको तयारी गर्ने निष्कर्ष निकालेको छ । हामी आम निर्वाचनमा पनि गठबन्धनकै आधारमा अघि बढ्ने छौं ।’

तीन नेताबीच स्थानीय तह निर्वाचनबारे गठबन्धनमा बृहत समीक्षा गर्ने सहमति भएको अध्यक्ष नेपालले जानकारी दिए । अध्यक्ष नेपालले भने– ‘स्थानीय निर्वाचनका क्रममा केही कमजोरीहरु भएका छन् । ति कमजोरीहरुको बृहत छलफल आवश्यक छ । चुनावको कमिकमजोरी समीक्षा गर्न ५ दलको बृहत बैठक राख्ने सहमति भएको छ ।’

स्थानीय तह निर्वाचनका क्रममा कांग्रेस र माओवादीबाट अपेक्षाकृत सहयोग नभएको गुनासो गरिरहेका अध्यक्ष नेपालले आइतबार भने गठबन्धन निरन्तर रहने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्