Logo
Logo

यस्ताे छ, साेमबार र मंगलबारकाे माैसम


630
Shares

काठमाडौं । अहिले नेपालका ४ वटा प्रदेशमा मनसुनी वायुको असर रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभावले वर्षा भइरहेको हो ।

बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

सोमबार बिहान प्रदेश–१, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश–१, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

मंगलबार प्रदेश–१, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा वर्षाको आकलन गरिएको महाशाखाले जनाएको छ ।

यी क्षेत्रमा केही दिनदेखि लगातार पानी परिरहेकाले सर्त रहन पनि महाशाखाको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्