Logo
Logo

पेट्रोलिम मूल्य वृद्धिको विरोधमा विराटनगरमा प्रदर्शन


378
Shares

विराटनगर । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले चक्काजाम गरेका छन् ।

सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गअन्तर्गत् विराटनगरको राजवंशी चोक सवारी राखेर यातायात अवरुद्ध गरेका हुन् । उनीहरूले सडकमा गाडी तेस्र्याएर प्रदर्शन गरेका हुन् ।

बढेको मूल्य फिर्ता हुनुपर्ने उनीहरूको माग छ । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले बताएका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्