Logo
Logo

सञ्चारमन्त्री कार्कीले गरे हजयात्रीलाई बिदाइ


756
Shares

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन् ।

मक्का मदिना मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ विमानस्थलबाट बिदा गरेका हुन् ।

हजयात्राका लागि सुनसरीबाट ७९, मोरङबाट २४, झापाबाट ३, प्रतिनिधि २ र चिकित्सक १ जना गएका छन् । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

बर्सेनि १ हजार २ सय जना जाने गरेकामा कोभिड–१९ का कारण यस वर्ष ५ सय ४८ जनाको कोटा निर्धारण गरिएको समितिका सदस्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्