Logo
Logo

बजेटसँग सम्बन्धित दुई विधेयक पारित


315
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । ती विधेयक कानूनका रूपमा आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।

त्यसअघि बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले कानून न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७९’ पेश गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते मङ्गलबार दिउँसो १.०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्