Logo
Logo

१३ लाख जरिवना ठहर भएका धनबहादुर पक्राउ


2.1k
Shares

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख रुपैयाँ जरिवना ठहर भएका १ जनालाई पक्राउ गरेको छ ।

चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङ सोमबार पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको २०७७ पुस ७ मा उनलाई ६ दिन कैद सजाय १३ लाख रुपैयाँ जरिवना ठहर गरेको थियो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए ।

तामाङले आफ्नो कुमारी बैंक सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्