Logo
Logo

रविको पार्टीको चुनाव चिह्न ‘घण्टी’


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्नको रुपमा ‘घण्टी’ प्रस्ताव गरेका छन् ।
मंगलबार काठमाडौंमा पार्टी घोषणा गरेका लामिछानेले हरेकको दिमागमा घण्टी बजाउनुपर्ने भन्दै चुनाव चिह्नको रुपमा ‘घण्टी’ प्रस्ताव गरिएको बताए ।

निर्वाचन आयोगमा पार्टीका दर्ता गर्न बाँकी नै रहेको भन्दै लामिछानेले निर्वाचन आयोगमा दर्ता भएका अन्य दलको चिह्नसँग नमिले यो नै आफ्नो पार्टीको चुनाव चिह्न हुने बताए ।

पार्टी र चुनाव चिह्न घोषणा गरेका लामिछानेले पार्टीको केन्द्रीय समिति २१ सदस्यीय हुने बताएका छन् । लामिछानेले केन्द्रीय समितिमा को–को छन् भन्ने चाहिँ घोषणा गरेका छैनन् । आजै बस्ने केन्द्रीय समितिको बैठकले नाम घोषणा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्